Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेताहरू टसमस भएका छैनन् । तिनलाई अझै पनि राम्रै गरेका थियौं भन्ने लाग्दो हो । र गणतन्त्रको १६ वर्ष, संविधानसभाको ११ वर्षसम्म देशले नत गणतन्त्रको मर्म बुझ्ने नेता पायो नत संविधान अनुसार कानुन बनाउन जोड दिएको देख्न पाइयो । स्व्वार्थको लुट र गुटगत लडाइँमै नेपाल डुबेको छ । कम्युनिष्ट, काँग्रेस भन्ने छैन अवैधानिक धन्दामा सबै एक छन् । एमालेका अध्यक्ष श्री ३ भए, काँग्रेसका सभापति श्री ५ बन्न पुगे भने माओवादी र मधेशवादी मौका परस्त भए । सिद्धान्त, नीति र दर्शन यहाँ छैन । त्यही कारण जेनजी आन्दोलनले सुशासन पहिलो शर्त राख्यो, वित्तिय भ्रष्टाचारले सिर्जना गरेका अवरोध हटाउनुपर्छ भन्दै सरकारी स्वार्थमा रोकिएका ठेक्का खारेज गर्र्दछ । तर लुटाहा क्यान्सर हट्ने छाँटकाँट छैन । यहाँ ६१ किलो सुन तस्करी गर्ने २ लाख धरौटीमा छुट्ने १७ करोड बिगो मानिएको पतञ्जली काण्डमा ३५ लाख धरौटीमा छुट्ने, अर्वको सरकारी जमिन कब्जा गर्नेलाई कारबाही नहुने, ३ अर्बको टेरामक्स काण्डका नाइके २५ लाखमा छुट्ने, १० करोडको गंगागौरी शहकारी ठगीकी अञ्जला कोइराला १० लाख धरौटीमा र ५० करोड सहकारी ठग्ने धनराज गुरुङलाई कारबाही नै नहुने गणतन्त्र निकै चम्कियो । बालमन्दिर काण्डकी रिता सिंह वैद्यमाथि कारबाहीको पूर्जी ओली सरकारले दबायो । नेपाल स्काउटको जग्गा भाडामा लिएर रु ६ करोड ६४ लाख भाडा तिर्न बाँकी हुँदा पनि नतिर्ने काँग्रेसी नेता तथा तत्कालिन ऊर्जामन्त्री दिपक खड्का छँदै थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजुले ९ करोड ओलीका पिए बज्रेश शाक्यले ७ करोड, काठमाडौंका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले २ करोड हजम गर्नु गणतन्त्र नै हो ।
भिजिट भिसामा जानेहरूसँग रमेश लेखकले दैनिक कति उठाए । व्यवसायिक रूपमा यिनकै पालामा त्यो चर्कियो । आज काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रविका पालमा धेरै गए भनेर फाइदा उठाउन खोज्दैछन् । भुटानी शरणार्थी काण्डका थुुनुवा केशव दुलाललाई प्रहरीले पक्राउ गरेको छ भने सन्देश शर्मा, सुरेश राईसम्मको कुराले त्यसको भण्डाफोर नै गरेको हो । सरकार कसरी चलेको थियो दुई तिहाई भन्ने कुरा यही काफी छ । त्यस्ता धन्दा कति छन् कति ?
जेनजीभित्रै गुम्सियो २५ करोड
मुलुक परिवर्तनको नाउमा भएको आन्दोलनले सोचे जस्तो परिणा पाउँदैन भने त्यो जस्तो अन्याय अरु हुँदैन । ०४६ र ०६२÷०६३ को आन्दोलन त्यस्तै भयो । संविधान तिनकै लागि बन्यो । आन्दोलनले ठूला अपेक्षा ग¥यो । तर यहाँ प्रधान सेनापतिको अग्रसरतामा सत्ता लेनदेन भयो । त्यो सत्ताका संरक्षक राष्ट्रपति रामचन्द्र पौडेल थिए । उनले गुन तिर्दैनन् । किनकि रामचन्द्रले काँग्रेसका नाममा राष्ट्रपति भएका थिएनन् । प्रचण्ड प्रम हुँदैनथे भने पौडेल आज ढाक्रे हुन्थे । उनले सल्लाहकार भारतीय दलाल सुनिल थापा र बलराम कुँवर राख्नु नै रामचन्द्रको आम चरित्र हो । उनले जेनजीको आन्दोलन हाइज्याक गर्न सुमन गुरुङलाई परमेश्वर ठानेका छन् । अहिले जेनजीभित्र ठूलै क्यान्सर लागेको छ । जहाँ अमेरिकी लगानीको एन्टीना फाएण्डेशन, समता फाउन्डेशन जस्ता संस्था क्रियाशील भए । तिनले स्वार्थका योजना बनाए । डीएफआईडी मार्फत आउने सहयोग कनकमणि दिक्षित, सुबोध प्याकुरेल, कपिल श्रेष्ठसम्मले हजम गर्दा प्रयोग हुने पत्रकार धेरै थिए । फ्रिडम फोरम र एडभोकेसी पोरम जस्तो संस्थामा एमाले र काँग्रेसका महाधिवेशन प्रतिनिधिले नेतृत्व गर्दा र तत्कािलन शासकको आदेश पालना गर्दा कमाई राम्रै गरेका हुन् । यिनको धन्दा काँग्रेस, एमालेका अपराध ढाकछोप गर्ने माओवादीको अनमिनले टुंगो लगाएको जनमुक्ति सेनाको फाइल खोतलेर हल्ला गर्ने दायित्व हो । तर त्यो दलीय सहमति र अनमिनले नै टुंगोलगाएका हुन् । सक्कली जेनजीले त्यो बुझेकै छैन । यस्तै चरित्रसँग निश्चल खरेल र सुरेशचन्द्र एकाएका जोडिएका छन् । निश्चलको फ्रिडम स्टुडियो, चन्दको एकाउन्टी विलिटी ल्याब चल्नुमा आईआरबीआई र एमडीआई नामक अमेरिकी फण्डिङ गर्ने संस्था हुन् । यिनले बनाउने नीति तथा कार्यक्रमले चल्ने एमाले र काँग्रेसले चुनावमा जनतालाई मुर्गा बनाउँदै आएका थिए । राज्य व्यवस्था समितिका यिनको पहुँच थियो । जेनजीका नाममा रु २५ करोड खर्च भयो । पानी बाँडियो प्रहरीसँग लडियो । २३ गते नै क्याम्पस र विद्यालयका २४ को ज्यान गयो । तर केपी ओली र शेरबहादुर देउवाले त्यो कत्लेआम घटनाबारे एक शब्द बोलेका छैनन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल