Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रामेछाप । गत वर्ष जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका एक फरार अभियुक्त जबरजस्ती करणीको आरोपमा रामेछापबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका प्रेम बिसुङ्खेलाई भदौ ३ गते रामेछाप नगरपालिका–४ तिलबारीबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनी त्यहाँ लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका थिए।
प्रहरीका अनुसार बिसुङ्खेले भदौ २ गते ती महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि फरार रहेका उनलाई खोजी गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो।
पक्राउपछि अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाउने क्रममा बिसुङ्खे यसअघि पनि प्रहरी हिरासतबाट भागेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा चोरी मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका बिसुङ्खे इलाका प्रहरी कार्यालय पकली, सुनसरीको हिरासत कक्षबाट भागेका थिए।
जबरजस्ती करणीको घटनासहित उनी प्रहरी हिरासतबाट फरार भएको विषयमा समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
२०८३ भाद्र ९
ताजा नेपाल
२०८३ भाद्र ९
ताजा नेपाल
२०८३ भाद्र ९
ताजा नेपाल