Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जेनजी महोत्सवमा युवाहरू नै उपस्थित नभएपछि….

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी महोत्सवको उद्घाटन कार्यक्रममा युवाहरू उल्लेख्य उपस्थित नभएपछि असन्तुष्टि पोखेका छन् । राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा आजदेखि सुरु भएको जेनजी महोत्सव उद्घाटनका लागि प्रचण्ड गएका थिए । तर हलमा युवाहरूको न्यून उपस्थिति देखिएपछि समापन सत्रमा यस्तो नहोस् भनेर आयोजकलाई सुझाव दिए । तपाईंहरूले जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि खल्लो जस्तो लागेको छ । समापन समारोहमा हल खचाखच होस् । हामीसँग जति पनि छन् युवाहरू । तपाईंले वाईसीएललाई भन्न सक्नुहुन्थ्यो । हामीलाई पनि भन्न सक्नुहुन्थ्यो । देशभर एकता सन्देश सभामा खचाखच मानिस उपस्थित भएका छन्, प्रचण्डले असन्तुष्टि पोख्दै भने । उनले भने, हल खचाखच गर्न तपाईंलाई केही गाह्रो थिएन । आउने दिनमा तयारी गरेर मात्र आयोजना गर्न म निर्देशन समेत दिन्छु । बरु दुई दिन ढिला भएर केही बिग्रिँदैनथ्यो । चार दिन ढिला भएर केही बिग्रिँदैनथ्यो । पुस ५ गतेसम्म हुने महोत्सवमा युवाहरूको प्रतिभाको खोजी गरिने आयोजक पक्षले बताएको छ ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल