Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बहुप्रतिभाशाली कलाकार शिवजी क्षेत्रीको मुख्य अभिनय, कोरियोग्राफी तथा निर्देशनमा नयाँ सांगीतिक कोसेली ‘कसले चोर्यो मन’ सार्वजनिक भएको छ। गीतमा चर्चित मोडल अञ्जली अधिकारीसँग शिवजी क्षेत्रीको रोमान्टिक जोडी प्रस्तुत गरिएको छ।
जेबी ओली संगीत (जीवन)को प्रस्तुतिमा तयार भएको गीतको भिडियो ‘लाइभ म्युजिक नेपाल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा शिवजी क्षेत्री र अञ्जली अधिकारीको अभिनयसँगै प्रेमकथालाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ। गीतको कथावस्तुमा सिकारी र गाउँले युवतीबीचको प्रेमसम्बन्धलाई देखाइएको छ।
गीतमा जेबी ओली संगीत (जीवन) र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको छ। हेमनाथ खरेलको शब्द तथा जय सागर गिरीको थेगो रहेको गीतमा बीबी अनुरागीले संगीत दिएका छन्। कोरस गायनमा शरद बुढाथोकी, राजेश बराइली, सरिता केसी र सुनिता खपाङ्गी मगरले साथ दिएका छन्।
गीतको संगीत संयोजन केशब बादीले गरेका छन्। रेकर्डिङ गोविन्द अनेक, भोकल सम्पादन कमल थापा तथा मिक्सिङ र मास्टरिङ श्याम रसाइलीले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ प्रिज्म स्टुडियोमा गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोको छायांकन सुनिल राउत तथा उनको टोलीले गरेको हो भने दृश्य सम्पादन नवीन घर्ती मगरले गरेका छन्। शृङ्गार माही सिंह तथा समूह नारायण भण्डारीको रहेको छ। भिडियोको पोस्ट प्रोडक्सन शिवाजी डान्स सेन्टरले गरेको हो।
शिवजी क्षेत्रीको कोरियोग्राफी, निर्देशन तथा अभिनयसँगै अञ्जली अधिकारीको अभिनयले गीतको भिडियो आकर्षक बनेको निर्माण पक्षको दाबी छ। गीत तथा भिडियोले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउनेमा निर्माण टोली विश्वस्त रहेको जनाएको छ।
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल
२०८३ आश्विन ७
ताजा नेपाल