Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोगिए पौडेल र राई

काठमाडौं । प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ । नेकपा एमाले माधव पक्षको हालै बसेको स्थायी समिति बैठकले प्रदेश १ र बागमती प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको हो । हाम्रो पक्षको स्थायी समिति बैठक बसेर बागमती र प्रदेश १ मा दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय भएअनुसार फिर्ता गर्न लागिएको हो ।

एकदुई दिनभित्रै अविश्वास प्रस्ताव फिर्ता गर्दैछौ । प्रदेश १ का अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्य राजेन्द्रकुमार राईले बताए । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएको थियो । यससँगै उनीहरुको पद तत्कालका लागि जोगिने देखिएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल प्रधानमन्त्री केपी ओली पक्ष भनेर चिनिन्छन् ।


सम्बन्धित समाचार