Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोसुवा प्रोजेक्ट– २, मूलधारका सञ्चार संस्था र राजेश हमाल

पत्रकारिता र पत्रकारलाई राज्यको चौथो अङ्गका रूपमा मान्यता दिइएको छ । तर पत्रकार र सञ्चार संस्थाहरूले उक्त मान्यताअनुसार कार्य गरिरहेका छन् त ? नेपालको पत्रकारिता इसाई मिसनरीको जोसुवा प्रोजेक्ट– २ अन्तर्गत चलिरहेको छ । यो प्रोजेक्टको उद्देश्य नेपाल एकीकरण र राष्ट्रिय एकताका जगहरूलाई भत्काएर अमेरिकी युरोपेली अखडा निर्माण गर्ने र चीनविरुद्ध आधार क्षेत्र निर्माण गर्नु हो । नेपाल हिन्दू र बौद्ध दुवै विश्व सभ्यता र धर्मको केन्द्र हो । महायोगी मत्स्येन्द्रनाथ, गोरखनाथ, भैरव र देवीहरूको सूक्ष्म शक्तिको प्रभावमा एकीकरण भएको देश हो । यस प्रकारको सांस्कृतिक जगलाई समाप्त गर्न बहुराष्ट्रिय कम्पनीहरूले जोसुवा प्रोजेक्ट– २ अन्तर्गत प्रचार युद्धका लागि नेपालका ठूला सञ्चार संस्था र टेलिभिजनहरूमा व्यापक लगानी लगाएका छन् । श्रमजीवी पत्रकारलाई मालिकका दास बन्न बाध्य बनाइएको छ । केही मिसनरी पत्रकारहरूको आयस्रोत खोज्ने हो भने सरकारमा बसेर गरेका भ्रष्टाचारीहरूको भन्दा कैयौँ गुणा बढी आर्थिक चलखेल छ । यस्तै छ, नागरिक समाज र कानुनविद्हरूको पनि ।

उनीहरूको पनि स्रोत खुलेको छैन । यसको मूल कारण जोसुवा प्रोजेक्ट– २ अन्तर्गतको अवैधानिक आर्थिक लगानी हो । यस प्रकारका पत्रकार, वकिल र गैरसरकारी संस्था चलाउनेहरूको आयस्रोत के हो ? अहिलेसम्म कसैले पनि छानबिन गरेको छैन । मिडियामा लगाइएको अनियमित लगानी छानबिन गर्ने हैसियत सरकारसँग छैन । किनभने सरकारमा रहेका पार्टीहरूका मुख्य नेता र उनका श्रीमतीहरूलाई यस्तै एनजीओ र आईएनजीओहरूले अवैधानिक लगानी लगाएर उनीहरूको मुख बन्द गरिदिएका छन् । मिडिया मालिकहरूले माफियाले जस्तै सरकारसँग बार्गेनिङ गर्ने गरेका छन् । नेपालको मौलिक धर्म संस्कृतिमाथि प्रहार गर्ने झिना–मसिना कमजोरीलाई तिललाई पहाड जस्तै बनाएर राष्ट्रिय एकताका जगमाथि प्रहार गर्ने त्यस्तालाई अग्रगामी र परिवर्तनकामी भनेर प्रचार युद्ध चलाउने काम गरिहरेका छन् । पश्चिमी एनजीओ र आईएनजीओमा जोडिएका देशी–विदेशी जासुसहरूलाई लेखक, स्तम्भकारका रूपमा लेखाइन्छ । यस्तै पात्रहरू टेलिभिजनका पर्दामा छाइरहेका हुन्छन् । प्रकाशन संस्थाहरू पनि यसरी नै खडा गरिएका छन् । फाइन प्रिन्ट, नेपालय, एकता बुक्सलगायत दर्जनौँ प्रकाशन संस्थाहरू जोसुवा प्रोजेक्ट– २ अन्तर्गत चलिरहेका छन् । फाइन प्रिन्टले प्रकाशित गरेको दलाई लामाको आत्मकथा, साङ्ग्रीला प्रकाशनले प्रकाशित गरेको अप्ठ्यारो बाटो, नेपालय, हिमाल प्रकाशन, एकता बुक्सलगायतका कैयौँ प्रकाशन संस्थाहरूले चीनविरोधी मात्र होइन, स्वयं नेपालविरुद्ध नेपालको राष्ट्रिय एकताको जगविरुद्ध प्रचार युद्ध छेडेका छन् । बजारमा १ लाख बिक्री भएको प्रपोगण्डा नम्बर वान भनिने मिडियालगायतका पत्रिकाहरूमार्फत् गराइन्छ । तर एक लाख बिक्रीको हल्ला गर्नेले राज्यलाई कहीँ पनि कर तिरेको रेकर्ड पाइँदैन । कलाकार हरिवंश आचार्यले आफ्नो पुस्तक एक लाख बिक्री भएको प्रश्न बीबीसीले गर्दा नाजवाफ भएका थिए । यसबाट स्पष्ट हुन्छ, नेपालका तथाकथित मूलधारका दाबी गर्ने सञ्चार संस्था र पत्रकारहरूले कस्तो पत्रकारिता गरिरहेका छन् ? यिनीहरूले पत्रकारिता गरिरहेका छन् कि जोसुवा– २ प्रोजेक्टअन्तर्गत गोयबल्स मिसन हजारचोटि झूट बोलेपछि त्यसलाई सत्य बनाउन सकिन्छ भन्ने अभियान चलाइरहेका छन् ? आफैँमा प्रश्नचिन्ह खडा छ । नेपालको नम्बर वान सञ्चार संस्था दाबी गर्ने प्रकाशन संस्थाको एक म्यागेजिन साप्ताहिकमा सीआईए र ‘रअ’ले एजेन्ट बनाइसकेका एक जना पूर्वप्रधानसेनापतिलाई अजयपीनाथ छद्म नाममा नेपालको राजतन्त्रलाई भुटानी राजा जस्तै रहने सन्देशका साथ लेखाइएको थियो ।
अर्को छद्म नाम मनुज चौधरीलाई पनि यस्तै छद्म नाममा लेखाइएको थियो । यस प्रकारका पात्रहरू नै पत्रकारका नाममा लेखकका नाममा नेपालको सञ्चार संस्थाहरूमा छन् भने तिनले चलाउने मिसन नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र साम्राज्यवादविरोधी धारका विरुद्ध छ । यस्ता लेखक, पत्रकार र स्तम्भकारहरू नेटोको मिससनमा अजयपी नाथका सिभिल सेनाहरू हुन् । लेखक, पत्रकार त उनीहरूको बाहिर देखाउने हात्तीको दाह्रा जस्तो मात्रै हो । एक जना बेलायतको गुप्तचर संस्था एमआई ६ को तालिम लिएर पत्रिकाको व्यानरमा जोसुवा प्रोजेक्ट– २ चलाइरहेका छन् । जुन पत्रिकाको संस्थापक अध्यक्ष अमेरिकी जासुसी संस्था सीआईएको बौद्धिक शाखा कार्टर सेन्टरका तत्कालीन अध्यक्ष बनेका थिए । यिनै जोसुवा– २ प्रोजेक्ट मिसनमा सञ्चालित सञ्चार संस्थाका कथित इन्डो–अमेरिकी सिभिल सेनाहरू माथि नाम दिइएका प्रकाशन संस्थाहरूसँग पनि त्यत्ति नै अन्तरसम्बन्धित भएर प्रचार युद्धमा सामेल भइरहेका छन् । यही भीडमा देखिएका एक पात्र मात्र हुन्– राजेश हमाल । यस प्रकारका कलाकार, पत्रकार, गायक, साहित्यकार, प्रकाशन संस्था र लेखक आवरणमा नेटोका सिभिल सेनाहरू गल्ली–गल्ली, बस्ती–बस्तीमा छोडिएका छन् । उनीहरूलाई आफ्नै मातृभूमिलाई बलात्कार गर्दा आनन्द आउँछ । नेपालको राष्ट्रिय एकताको जगमाथि प्रहार गर्दा गर्व गर्दछन् । राष्ट्रिय धर्म संस्कृतिमाथि प्रहार गर्दा आफूलाई विजयी भएको ठान्दछन् ।
केही समयदेखि ठूला सञ्चार संस्थाहरूको एकाधिकारलाई साना कतिपय अनलाइन र अनलाइन टेलिभिजनहरूले धरासयी बनाइदिएपछि त्यसलाई कब्जा गर्न अजेपीनाथ छद्म नाममा लेख्नेले दिल्लीको गुडगाउँमा भारतको सेनापतिबराबरकै सेवा सुविधा र घरसमेत उपहार प्राप्त गरेका यिनका चेलाहरू अनलाइन, अनलाइन टेलिभिजनलाई पनि कब्जा गर्न कस्सिएका छन् । जोसुवा– २ अन्तर्गतकै नेपाल बौद्धिक मञ्च, +२५ समूह, २० वाम दललगायत यो मिसनमा धेरै सङ्घसंस्थाहरू क्रियाशील छन् । एउटा व्यक्तिको एक दिनमा १० वटासम्म रेडियो एफएममा अन्तर्वार्ता दिने मिसनरी जासुसहरू छन् । जसले नेपालको प्राज्ञिक क्षेत्र, त्रिभुवन विश्वविद्यालय, प्राध्यापक र विद्यावारिधी गरेकाहरूको स्तर कस्तो छ भन्ने देखाएको छ । यस्ता प्राध्यापकले लेख्ने इतिहास र यिनले तयार गरेका विद्यार्थी कस्ता होलान् ? र तिनले भोलि देशलाई के देलान् ? आफैँमा प्रश्नचिन्ह खडा छ ।
अहिले कान्तिपुर टेलिभिजनमा राजेश हमालद्वारा चलाइएको जातको प्रश्न कार्यक्रम विवादमा तानिएको छ । समता फाउन्डेसनको प्रायोजनमा चलाइएको यो कार्यक्रम इसाईहरूको लगानी रहेको कुरा सार्वजनिक भइसकेको छ । भूकम्पको समयमा राहत बाँड्ने नाममा चामलको बोराभित्र बाइबल राख्ने यही संस्था हो । यसमा आहुति, खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, युग पाठक, सीके लालदेखि चैतन्य मिश्र जस्ता नेपालका दैनिक पत्रिकाहरूमा लेख्ने धेरै लेखकहरू जोडिएका छन् । यस कारण प्रश्न राजेश हमालको मात्र होइन, जोसुवा प्रोजेक्ट– २ को हो । फरक के हो भने सिन्धुपाल्चोक, रामेछापतिर बम्बैको वेश्यालयमा चेली बेच्नेहरू र यस प्रकारका एनजीओ आईएनजीओमा जोडिएका कलाकार, पत्रकार, बुद्धिजीवी र तथाकथित अधिकारकर्मीहरूमा तात्विक भिन्नता छैन । फरक के हो भने बम्बैमा चेली बेच्नेहरूले लुकेर बिक्री गर्दछन् भने यिनले खुलारूपमा गरिरहेका छन् । यस कारण राजेश हमाल त प्रतिनिधि पात्र मात्रै हुन् । नेपालका सञ्चार संस्थाहरू र बम्बैमा चेली बिक्री भएका संस्थाहरूमा तात्विक भिन्नता छैन । सबैलाई चेतना भया ।