Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जो जोडिनै नपाई छुटे

लसएञ्जल्स । केही सम्बन्धहरु यस्ता हुन्छन् पानीका फोका जस्ता । क्षणभरमै हराउने । हलिउडमा खुला संस्कृति छ भन्ने कुरा सबैमा जगजाहेर नै छ । यो संस्कृतिको जति फाइदा छ, त्यो भन्दा बढी नोक्सान छ । हलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसको विवाह लामो समयसम्म टिक्न सकेन । जसको कारक त्यहाँको खुला संस्कृतिलाई नै मानिन्छ । बलिउड लाइफका अनुसार यस्ता जोडीहरुमध्ये कतिपयले एकअर्कालाई धम्की दिए भने कतिपयले १ सय २२ दिनमै सम्बन्धविच्छेद गरे । क्रिस हम्फ्रीज र किम कार्दासियनले इन्गेजमेन्ट गर्नुअघि दुवैले सात महिना डेट गरे । सन् २०११ अगस्टमा दुवैले विवाह गरे पनि त्यसै वर्षको अक्टोबरमा किमले सम्बन्धविच्छेदको निवेदन दिइन् । त्यसको दुई वर्ष अर्थात् सन् २०१३ मा दुवैको सम्बन्धविच्छेद भयो । ब्रेडली कूपर र जेनिफर एसपोसिटोले सन् २००६ डिसेम्बरमा विवाह गरेका थिए । विवाहको झण्डै १ सय २२ दिनमा उनीहरु अलग्गिए । ब्रेडलीले आफूहरुको आपसी निर्णयमा अलग्गिएको बताएका थिए । ‘बेवाच’ अभिनेत्री पामेला एण्डरसनले अक्टोबर २००७ मा लसभेगासमा रिक सालोमनसँग विवाह गरिन् । एण्डरसनले सन् २००८ डिसेम्बर १४ मा सम्बन्धविच्छेदको निवेदन दिइन् । यही बेला रिकले पामेलालाई कैयौं आरोप लगाएका थिए ।
अभिनेत्री जेनिफर लोपेज र ओजानी नोआले सन् १९९७ फेब्रुअरी २२ मा विवाह गरेका थिए । यद्यपि उनीहरुले विवाहको केही समयमै सम्बन्धविच्छेद गरे । पामेला एण्डरसन र किड रकले सन् २००६ मा विवाह गरे । तर यो विवाह केवल १ सय २२ दिनसम्म मात्र टिक्यो । यसपछि पामेला र किडले एकापसमा सम्बन्धविच्छेदका लागि निवेदन दिए ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल