Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्ञवाली अझै भन्दैछन्, ओलीको प्यानल विजयी बनाऔं

काठमाडौँ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन आज निर्णायक चरणमा प्रवेश गरेको छ । नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई पार्टीको आन्तरिक लोकतन्त्रको महत्वपूर्ण परीक्षा मानिँदैछ ।यही सन्दर्भमा पार्टीका वरिष्ठ नेता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर शानदार मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अपिल गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन केवल संगठनात्मक प्रक्रियामा सीमित नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका लागि समेत दूरगामी अर्थ राख्ने ऐतिहासिक क्षण भएको उल्लेख गरे । उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक मजबुती र राजनीतिक स्थिरताको मार्गमा अगाडि बढाउन ओली नेतृत्वको निरन्तरता अपरिहार्य रहेको धारणा व्यक्त गरे । यसै अवसरमा नेता ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवार रहेको जानकारी गराउँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । म सधैँ कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु, भन्दै उनले कार्यकर्ता र प्रतिनिधिसँगको भावनात्मक सम्बन्ध र राजनीतिक प्रतिबद्धता पुनः दोहोर्‍याए । एमालेको भावी नेतृत्व र आगामी राजनीतिक दिशालाई निर्धारण गर्ने यस निर्णायक मतदानले पार्टीलाई थप एकताबद्ध, सशक्त र जनउत्तरदायी बनाउने विश्वास नेताहरूले व्यक्त गरेका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल