Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्ञानेन्द्रको खर्चमा सडकमा रमिता

काठमाडौं । नेकपाको अन्तरकलहले कम्युनिष्ट सरकारको लुटतन्त्र र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस मरेको लास भएकै कारण प्रतिगमनकारी शक्तिले हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै देशका विभिन्न शहरमा जुलुस प्रदर्शन गरेका छन् । सडकमा देखिएकाहरूमा सैद्धान्तिक, राजनीतिक पहिचान छैन । केबल राष्ट्रवादको नाममा राष्ट्रिय झण्डा प्रयोग गरेर संघीयता र गणतन्त्रको धज्जी उडाउने मौका तिनलाई मिलेको छ । यसको कारण नेकपाको आन्तरिक कलह, गुटबन्दी, नीतिगत लुट बनेको छ ।

प्रतिपक्ष काँग्रेसले सरकारका गलत निर्णयको विरोध गर्दै जनतामा चेतना ल्याउन सकेन । सरकारी भ्रष्टाचारमा काँग्रेस साक्षी बस्यो । २३४ वर्षे राजतन्त्र हटे पनि दलका राजा धेरै भए । राष्ट्रको ढुकुटी यिनले लुटेकै छन् । जनसरोकारको विषयमा सत्तँपक्षमा छलफल हुँदैन । साना कम्युनिष्ट पार्टीहरू समेत राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा मुर्दा तुल्य छन् । माओवादीको जनयुद्धले पूर्णता पाएन भन्ने नेकपा चन्द पक्षको चरित्र पनि धम्की र आतंकमा केन्द्रीत देखिन्छ । सरकारले राम्रो काम नगर्दा राजावादीको शक्ति बढेको हो ।

गणतन्त्र, संघीयताको पक्षमा वकालत गर्ने शक्तिकै बीचमा एकता छैन । सरकारमा गुटबन्दी र भ्रष्टाचारले बदनामीको पारो चढ्दो छ । राजावादीले प्रतिव्यक्ति रु एक हजार दिएर बेरोजगार जमातको प्रयोग गरेको छ । कालोधनको सदुपयोग यतिबेला भएको छ । कम्युनिष्टहरू भ्रष्टाचारमा खप्पीस हुन्छन् । जनताको सेवक हुन सक्दैनन् भन्ने आरोपको पुष्टि अहिले भएको छ ।

यतिबेला नेपालमा पूर्व राजा ज्ञानेन्द्रको खर्चमा लोकतन्त्रको आचारणमाथि प्रश्न उठेको छ । भ्रष्टाचारी, दलाल र बिचौलियाले चलाएको ओली सरकारलाई कम्युनिष्ट पार्टीको हो भन्ने ठाउँ छैन । प्रधानमन्त्री ओलीलाई जे मन लाग्यो त्यही गरे पनि छूट छ । पार्टी अध्यक्ष उनै छन्, उनै अराजक छन् । उनका दलालले ओलीको मनपरी देख्दैनन् । भ्रष्टाचार संस्थागत भएको छ । नेकपाकै भ्रष्टाचारीहरूमाथि कारबाही भएको छैन । विदेशी चलखेल ओली सरकारले निम्त्याएको अस्थिरता हो । कम्युनिष्ट पार्टीको सरकारले गरेका कामको प्रतिफल ३ वर्षसम्म कतै देखिएको छैन । त्यही कारण पार्टीको द्वन्द्वलाई विधि पद्दति र सिद्धान्त धरमराएको छ ।

अहिले हिन्दूत्वको नाममा भारतीय शासक पक्षले राजावादीहरूलाई आर्थिक सहयोग गरेको चर्चा पनि छ । जुलुसको नेतृत्व गर्नेहरूको चरित्र विगतको पेशा, व्यवसाय समेतले झल्काउँछ । भारतीय शासक पक्षको नेपालको आन्तरिक मामिलामा चासो रहन्छ । प्रधानमन्त्री ओलीले गुप्तचर भेट्नु, सेनाका प्रमुख भेट्नु नौलो थिएन । नेपाल भारतबीच बन्द भएको वार्ताको ढोका खोल्नु पनि थियो । देशमा सुधार दिन नसकेको नेकपाको नेतृत्व पदभ्रष्ट, सत्ता लम्पट भएको कारण पनि प्रतिगमनकारीले ठाउँ पाए संघीयता विरोधीले बोल्न पाएका छन् । पैसा पूर्व राजा र भारतीय हिन्दूवादीको बदनाम नेकपाको भएको छ । यसको मुलजड प्रधानमन्त्री ओलीको एकलौटी शासन र भ्रष्टाचार कमिशन र बिचौलिया पथ बनेको छ ।


सम्बन्धित समाचार