Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमका जिल्लाहरूको भ्रमण सकेर काठमाडौं आउँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज काठमाडौंका दुई ठाउँबाट जुलुस निकाल्दै छ। काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरूको र्याली तिनकुनेमा र गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोटबाट आउनेहरूका लागि गौशाला क्षेत्रमा भेला हुन आह्वान गरिएको राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए। यसका अलावा राप्रपा नेपाल, शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन्। पोखरामा एक साता बसाइपछि पूर्वराजा शाह आज दिउँसो हवाईमार्ग हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएपछि राजावादीहरूले सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने छन्। विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जाने शाहलाई राजावादीहरू र्यालीसहित निर्मल निवाससम्म पुर्याउन जानेछन्।
२०८१ फाल्गुन २५
ताजा नेपाल
२०८१ फाल्गुन २५
ताजा नेपाल
२०८१ फाल्गुन २५
ताजा नेपाल