Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्ञानेन्द्र र गोकूलको एउटै मोर्चा

काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्माको विश्वास पात्र गोकूल वास्कोटा र राप्रपाका सांसद ज्ञानेन्द्र शाही एकै मोर्चाका हुन भन्दा धेरैले विश्वास गर्दैनन् । तर, व्यवहारले त्यो देखाएको छ । सेकुरिटी प्रेस खरिद काण्डले गोकूलको मन्त्री पद गुम्यो । लमजुङका विजय मिश्र स्वीस कम्पनीको प्रेस दलालका रुपमा खडा भए । एमाले उप महासचिव पृथ्वी सुव्बा गुरुङका सहयोगी विजय मिश्र एमाले कार्यकर्ता भएको दावी गर्थे । तर, तीनै सँग ओलीका पृय पात्र गोकूलको कुरा मिलेन । जव गोकूल यती एयरका मालिक स्व आङ छिरिङ शेर्पातिर लागेर फ्रान्सेली कम्पनीको सेकुरिटी प्रेसले दिने कमिशनमा लागे तव विजयले ७० करोड काण्ड फैलाए ।
यो काण्डको उजुरी दिने कथित भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही अख्तीयार पुगेपछि गोकुल राजीनामा दिएर वेपत्ता भएका थिए । अहिले राप्रपाको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको पार्टी र एमाले एकै शरीर भएका छन् । अख्तीयारले पनि गोकूल काण्ड तामेलीमा थन्क्याएको छ । यो काण्डमा धेरै तानिन सक्छन् । ०७६ फागुन ११ को उजुरीको आधारमा गोकूल जेल पर्ने अवस्था थियो । तर केपी ओलीको संरक्षणका कारण त्यसलाई अख्तीयारले खोतल्न पनि चाहेन । प्रमुख आयुक्त प्रेम राई र एमालेका अध्यक्षबीचमा दोस्ती हुँदा ओली शासनका धेरै मुद्धा तामेलीमा गएका छन् ।
तामेलीका मुद्धा पून खोतलिदैन । दिप वस्न्यातले यस्ता थुप्रै मुद्धा तामेलीमा थन्क्याएर देश लुटेका थिए । भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भन्ने पार्टी राप्रपा समेत यतिखेर कमाईमा लागेका कारण भ्रष्टाचार विरोधी ज्ञानेन्द्र शाहीहरु थच्मरिएका हुन् ।