Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबार हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्र शाहको वंशनाशसँगै नेपालमा राजतन्त्रात्मक शासन ब्यवस्थाको अन्त्य भएको बताउनु भएको छ । पू्र्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर आज काठमाडौँमा संचार कर्मीहरुहरुको राखेको जिज्ञाशामा एमाले अध्यक्ष ओलीले २०५८ को दरबार हत्याकाण्डसँगै नेपालमा राजतन्त्र अन्त्य भएको बताउनु भएको हो । सनिबार विरगंजमा भएको एक कार्यक्रममा पूर्वराजा शाहले दरवार हत्याकाण्डमा भ्रम फैलाएर आफूहरूलाई आरोपित गरिएको भनेर गुनासो गरेको विषयमा पत्रकारहरुले ओलीको धारणाका माग गरेका थिए । जवाफमा ज्ञानेन्द्रको उक्त टिप्पणी प्रति ओलीले दरबार हत्याकाण्डअघिसम्म राजाको जेठो छोरा राजा हुने व्यवस्था भए पनि कान्छो छोराछोरी समेत मारिएकाले त्यही बेला नै राजतन्त्र समाप्त भएको र त्यसबेलाको सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई ल्याएर सजाएर राख्ने काम भएको बताउनु भयो । ज्ञानेन्द्र शाह राजा होइनन् यसो बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ,त्यस्तै कुशको राजा हुन । दरबार हत्याकाण्ड राजनीतिक दलहरूले गरेको होइन । यति भन्न सकिन्छ विचरा दीपेन्द्र ! ओलीको टिप्पणी थियो ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल