Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले व्याख्यात्मक घोषणाका नाममा एमसीसी पारित गराउँने नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुखभरिको जवाफ दिएका छन् ।
अध्यक्ष विजुक्छेले व्याख्यात्मक घोषणा गर्दैै एमसीसी पास गरेर देशलाई दुर्घटनाबाट बताएको भन्दै भाषण गर्दै हिँडेको प्रचण्डको दाबी पुरै हावादारी दाबी भएको ठोकुवा गरेका छन् । देश जोगाउँन होइन ज्यान जोगाउँन मात्रै प्रचण्डले एमसीसी पास गरेको जिकिर उनले गरेका छन् ।
बिजुक्छेले प्रचण्डले त्रासकै कारण एमसीसी पास गरेको आरोप लगाउँदै यदी एमसीसी पास नगरेको भए उनी अमेरिकाको टार्गेटमा पर्ने थिए भनेका छन् । संशोधन र आन्दोलनको नाटक मात्रै माओवादीले बाहिर गरेको आरोप विजुक्छेको छ ।
भक्तपुर नगरपालिकाद्वारा निर्मित न्हुस् पुखु रानीपोखरीको उद्घाटनमा कार्यक्रमलाई सम्बोधन गर्दै बिजुक्छेले भने युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तर्राष्ट्रिय अदालत जानुपर्ने त्रासको कारणले एमसीसी पास भयो ।
जनताको इच्छा बिपरित संसदले राती बहुमतले एमसीसी पास गर्नु दुस्खद भएको उनको भनाइ छ । नेपालका पार्टीहरुले देशको हित विपरित भएको कुरा पास गरेर धोका दिएको पनि उनले बताए ।
सोही पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने सांसद प्रेम सुवालले अमेरिकाको धम्कीको अगाडी थरथर काम्नेहरुले डराएर एमसीसी पास गराएको बताएका छन् । अमेरिकाको धम्कीसँग डराएर एमसीसी पास गराउँनेहरुलाई उनले कायर भनेका छन् ।
अमेरिकाकै कारण युुक्रेनको हालत अहिले यस्तो भएको भन्दै सुवालले कुनै दिन अमेरिकाकै कारण नेपालको हालत पनि युक्रेनको जस्तै हुन सक्ने बताएका छन् । समाजवाद र साम्यवादका लागी लडेको भन्दै कम्युनिष्ट नामधारीहरुनै अमेरिकी साम्राज्यवाद सँग घुँडा टेक्न पुग्नु दुखद भएको सुवालले भनेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल