Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्यूदो खसी प्रतिकिलो ५५० रुपैयाँ

काठमाडौँ । दशैं नजिकिँदै गर्दा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि खसीबोका बिक्री गर्ने भएको छ । बजारमूल्यको तुलनामा संस्थानले प्रतिकिलो करिब १०० रुपैयाँ सस्तोमा खसी बेच्ने निर्णयसमेत गरेको छ । बजारमा प्रतिकिलो साढे ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेका बेला सरकारले सस्तोमा खसी बिक्री गर्न लागेको हो । बिक्रीवितरण विभाग प्रमुख भीम थापा भन्छन्, खाद्य कम्पनीले भने उपभोक्तालाई प्रतिकिलो ५ सय ५० रुपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । दसैंलाई लक्ष्य गरी खाद्यले हरेक वर्ष खसीबोका तथा च्यांग्रा बिक्री गर्दै आएको छ । खाद्यले बिक्री गर्ने खसीबोकाको संख्या न्यून रहे पनि मुख्य उद्देश्य बजार हस्तक्षेप अर्थात् मूल्य नियन्त्रण गर्न रहेको उनले थापाले बताए । आइतबार ल्याइएका खसीबोका तुलसीपुर र हेटौंडाका हुन् । ठाउँअनुसार प्रतिकिलो ५ सय ३५ देखि ५ सय ६० रुपैयाँसम्ममा खरिद गरिएको उनले जानकारी दिइन् । कम्पनीले यसपालि ३ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको थियो । त्यसमा कोभिड–१९ को बढ्दो संक्रमणका कारण एक हजार संख्या घटाएको थियो । त्यसमा पनि एक हजार च्यांग्रा ल्याउने योजना बनाएको थियो । त्यो पनि सम्भव नभएपछि एक हजार खसीबोका मात्रै बिक्री गर्ने भएको छ ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल