Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्योतिषीको साइतमै सरे देउवा सरकारी निवास

काठमाडौँ । सत्ता अहंकारले मैमत्ता बनेका केपी ओलीलाई सम्मानित सर्वोच्च अदालतले घोक्य्राएर सत्तामा पु¥याइएका शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास प्रवेश गरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको शपथ लिएका उनी शुक्रबार बिहान बूढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् । ज्योतिषको सल्लाहअनुसार बिहान १०ः०३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गरेका देउवालाई बूढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । १४६ सांसदले हस्ताक्षरसहित बुझाएको रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल