Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्योति र सूर्या लाइफले बोलाए एकै दिन साधारणसभा

काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृतिका लागि ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्सले एकैदिन वार्षिक साधारणसभा आयोजना गर्ने भएका छन्। दुवै कम्पनीको सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन कात्तिक २८ गते आयोजना गर्ने निर्णय गरेको हो। ज्योति लाइफको सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट र सूर्या लाइफको विराटनगरस्थित होटेल हैरियन प्यालेसमा बिहान ९ बजेबाट हुनेछ।
दुवै सभाले ज्योति लाइफ र सूर्या लाइफ आपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रस्तावत पारित गर्नेछ। मर्जरपछि कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले सेयर अनुपात १००ः८२.४५ पनि पारित गर्नेछ। जसअनुसार सूर्या लाइफको १ कित्ता सेयरबराबर ज्योति लाइफको ०.८२४५ कित्ता सेयर कायम हुनेछ। सभाले मर्जर प्रयोजनका लागि अन्तिम सम्झौतापत्र तथा गाभ्ने गाभिने सम्बन्धमा भए गरेका अन्य सम्पूर्ण कामकारबाही पनि स्वीकृत गर्नेछ। मर्जर प्रयोजनका लागि दुवै कम्पनीको सेयर दाखिल खारेज तथा कारोबार गत असार १३ गतेदेखि रोक्का रहेको छ।