Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ज्योति लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७८र०७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ २३ गते स्वीकृत भएसँगै मुनाफामा सरिक हुने बोनस दिनेगरी जारी गरिएका बीमालेखहरुका लागि नयाँ बोनसदर कायम गरेको हो ।
इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
इन्स्योरेन्सको सावधिक बीमा योजना र सावधिक तथा आजीवन बीमा योजनामा बीमामा बीमा अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर पाउने कम्पनीले जानकारी दिएको छ ।
यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनाको लागि इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ४३ रुपैयाँ र अधिकतम ५० रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।
उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशकि अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीकाअनुसार बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत यही बोनसदर कायम हुने जनाईएको छ ।
सूर्या लाइफ र ज्योति लाइफले पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै आएका छन् ।