Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई जिस्काउने काम महँगो पर्ने चेतावनी दिएका छन्। झापा(५ मा उम्मेदवारी दर्तापछि एमालेलाई नबिच्काउने आग्रह गरे।
उनले आफूहरू उम्मेदवारी दर्ता गर्न आउने क्रममा रास्वपाका कार्यकर्ताबाट असभ्य खालको क्रियाकलाप देखाएको बताए।
उनले चुनावमा आफूहरू स्वस्थ प्रतिस्पर्धा गर्ने पक्षमा रहेको समेत बताए । उम्मेदवारी दर्ता गर्न ओली जाने क्रममा रास्वपा कार्यकर्ताहरूले नाराबाजी गरेपछि झडप भएको थियो।
उनले भने, यस्तो क्रियाकलाप सरकारबाट संरक्षितहरूले नै देखाएका हुन्। यस्तो नभए राम्रो हुन्छ। चुनाव शान्तिपूर्ण, स्वस्थ हुनुपर्छ।
उनले देशमा आगो लगाउनेहरूले नयाँ पुस्तामा भ्रम छरिरहेको टिप्पणी गरे। उनले पार्टीमा टिकट वितरणलाई लिएर पार्टीभित्र भएको असन्तुष्टि थाहा नभएको जिकिर गरे।
उनले झापाको ५ वटै क्षेत्र एमालेले जित्ने दाबी गरे। एमालेको प्रतिस्पर्धी कुनै पार्टी नै नभएको उनको जिकिर छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल