Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झलनाथको दौडधूप जारी

काठमाडौं । वाम दलहरुबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता हुँदैछ । हिजो बेलुका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका खनालले आज बिहान प्रचण्डसँग भेट्न लागेका हुन् । भेटमा वाम एकताको कुरा गर्ने खनालले बताए । वाम दलहरु एकताबद्ध हुनैपर्छ । त्यसका विषयमा आज प्रचण्डसँग पनि छलफल गर्छु, खनालले भने ।
एकताका लागि खनालले चार सर्त अघि सारेका छन्,
पहिलो, मार्क्सवाद, लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्छ । यो जबज आदि लगायतका विषयमा रहने कुरा हुँदैन । दोस्रो, अहिले समाजवादी क्रान्तिको युगमा हामी छौं । हामी समाजवादी क्रान्ति अघि बढ्नुपर्छ भन्ने मान्नुपर्छ । समाजवादी क्रान्तिको अवधि हो । हामी समाजवादी क्रान्ति अघि बढाउनुपर्छ भन्ने मान्नुपर्छ । तेस्रो, एकमात्रै कार्यक्रम समाजवादी कार्यक्रम हुन्छ भन्ने मान्नुपर्‍यो । चौथो, समाजवादी कार्यक्रम प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त आदिमा एकरुपता हुनुपर्‍यो । यी चार सर्त जसले मान्छे उसैसँग पार्टी एकता गर्ने खनालले बताए । त्यसका लागि विभिन्न नेताहरुसँग भेट जारी राखेको खनालले बताए । एकीकृत समाजवादीबाट माधव कुमार नेपालसहितको समूहले माओवादी केन्द्रसँग एकताको निर्णय गरिसकेको छ । हाल झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्रीसहितका नेताहरु भने एकताको निर्णयमा विमती राख्दै आएका छन् । रामकुमारी झाँक्री सहितको टोलीले आज पत्रकार सम्मेलन गर्दैछ । सो समूह नेकपा एमालेमा जाने तयारीमा छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल