Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिकामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।

बाह्रदशी गाउँपालिका–५ स्थित चारपाने–राजगढ सडकखण्डमा मोटरसाइकल धान काट्ने मेसिनमा ठोक्किँदा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष पाठकका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही गाउँपालिकाको बुट्टावारीका अशोक राजवंशी रहेका छन्।

प्रहरीका अनुसार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई धान काट्ने मेसिनमा ठोक्किएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।