Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टरेकै हो नेकपा एमालेको एकता ? माधवले कसलाई सावधान रहन आग्रह गरे ?

काठमाण्डौ । नेकपा एमालेभित्रका दोस्रो पुस्ताका नेताहरु पार्टी एकताको लागि इमान्दारिताका साथ लागे पनि पहिलो पुस्ताका नेताको जुँगाको लडाइँले सग्लो नेकपा एमाले रहने सम्भावना करिब करित समाप्त हुँदै गएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले एकताको प्रयासलाई भंग गर्न खोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेपालले कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि ओली फेरि भ्याकेटमा जानुले एकता नचाहेको पुष्टी भएको दावी गरेका छन् । नेपालले भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ भनेका छन् । नेपालले आफूहरुले एकता बचाउन गरेको प्रयासलाई कमजोरीको रुपमा नलिन चेतावनी पनि दिएका छन् । नेपालले लेखेका छन्– स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो । नेपालले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग ओलीले आत्मसमर्पण गरेको आरोपसमेत लगाएका छन् । त्यसैगरी एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ –सहजै देख्न सकिन्छ भन्दै ओलीप्रति औँला उठाएका छन् । नेता नेपाल लेख्छन्, असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल