Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकटक चलाइदिने इन्टरनेट कम्पनी कारबाहीको निशानामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा कडाइ नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले सेवा प्रदायक कम्पनीहरुको नेटवर्कबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक चलिरहेको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको हो । प्राधिकरणले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा यसको प्रयोगमा रोक लगाएकोले हुबहु पालना गर्न सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ । सूचनामा भनिएको छ,‘नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने नेपाल सरकारको निर्णय कार्यान्वयनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी भएकोमा केही सेवा प्रदायक कम्पनीहरुको नेटवर्कबाट टिकटकमा पहुँच पुगिरहेकोरटिकटक चलिरहेको पाइएकोले त्यस्ता सेवा प्रदायकहरुलाई प्राधिकरणबाट स्पष्टिकरण सोधिएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही प्रक्रिया अघि बढीसकेको हुँदा इन्टरनेट सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक कम्पनीहरुलाई समेत प्राधिकरणको निर्देशन पालना गर्न र निर्देशन पालना नगरेको पाईएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने व्यहोरा यसै सूचना मार्फत जानकारी गराईएको छ ।’ साथै टिकटकमा पहुँच पुगिरहेको र टिकटक चलिरहेको भए प्राधिकरणको इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनसमेत अनुरोध गरेको छ ।


सम्बन्धित समाचार