Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिकटक बनाउँदा भिरबाट लडेर एकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको हो । धरान ५ का १८ वर्षीय सुवास परियारको मृत्यु भएको हो । धरानबाट ओखलढुङ्गा तर्फ जाँदै सुमोमा चढेका उनी उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए । टिकटक बनाउँदै गर्दा भिरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एसपी एसपी भिमप्रसाद दाहालका अनुसार घाइते परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली गइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल