Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिपर आतंकले काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु

काभ्रे । काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोडका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले मंगलबार बिहान नौ बजेदेखि लागु हुनेगरी पनौती नगरपालिकाको चारकिल्ला तोकेर कर्फ्युु आदेश जारी गरेको जानकारी दिए ।
प्रजिअ तिमिल्सिनाले पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको हो । त्यसैगरी बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।
कर्फ्युपछि अवस्था सामान्य रहेको र समस्या समाधानका लागि प्रशासनले प्रयास गरिरहेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । टिपरको ठक्करबाट बाटो हिँडिरहेका ३ बर्षकी बालिका र ३३ बर्षकी आमा ९आमा–छोरी० को मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्नुका साथै तोडफोड र आगजनी गरेका थिए ।
उक्त क्रम मंगलबार पनि नरोकिएपछि प्रशासनले स्थितिलाई नियनत्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ । सोमबारप्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते हुनुका साथै आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी समेत गरेका थिए । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइसकेको छ ।
पनौती बसपार्कमा सोमबार बा ५ ख ५४८० नम्बरको टिपरले खानीखोला गाउँपालिका वडा नम्बर १ की ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिकालाई ठक्कर दिँदा निधन भएको थियो ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल