Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टुटल पठाओलाई नरोक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओ लगायतलाई नरोक्न निर्देशन दिएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानून नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको बताइन्छ । युवाहरूले काम पाइरहेको र यात्रुहरूले सेवा पाइरहेकाले यस्ता सेवा रोक्नु भन्दा यस्ता सेवाका बारेमा अध्ययन गरि कानून नबनुन्जेललाई यथास्थितिमा चल्न दिनुस्, मन्त्री नेम्वाङको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने ।
यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो । यो सूचना प्रकाशित भएसँगै केही टुटल र पठाओ सेवा चालक पक्राउसमेत भएका थिए । केही समय अघि पनि टुटलमाथि कारवाही थालिएपछि व्यापक विरोध भएको थियो र प्रधानमन्त्री केपी ओलीले सञ्चालन गर्न नरोक्न निर्देशन दिएका थिए ।


सम्बन्धित समाचार