Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टोखाका मेयरलाई सर्वोच्चको सफाइ

काठमाडौं । सहकारीमार्फत ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका काठमाडौंको टोखा नगरपालिकाका मेयर तथा एमाले नेता प्रकाश अधिकारीलाई सर्वोच्च अदालतले सफाइ दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको इजलासले नाङ्लो दीप सेभिङ एन्ड को–अपरेटिभ प्रालिमार्फत एक करोड ८३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दायर मुद्दामा अधिकारीलाई सफाइ दिएको हो। अधिकारी नाङ्लो दीप सहकारीका सञ्चालक तथा उपाध्यक्ष रहँदा २०२ जना निक्षेपकर्ताको एक करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो। पीडितहरूले पटक–पटक रकम माग्दा नपाएपछि २०७१ सालमै प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो। २०७३ चैतमा जिल्ला अदालतले अधिकारीलाई सफाइ दिएपछि भएको पुनरावेदनमा उच्च अदालत पाटनले उल्ट्याउँदै २०७५ फागुन १९ मा अधिकारीलाई १८ लाख ३१ हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको थियो। अन्य प्रतिवादीहरू धनमाया श्रेष्ठ, मिलन कार्की, सीतामाया थापा, यनुका बुढाथोकी, दीपक वाग्ले, प्रतिमा सिटौला, झुनु शाह र देउमाया लिम्बूलाई समेत जनही एक महिना कैद र जरिवाना तोकिएको थियो। उच्च अदालतको फैसलापछि अधिकारीसहितका प्रतिवादीहरूले २०७६ सालमा सर्वोच्चमा पुनरावेदन गरेका थिए। सरकारले समेत पुनरावेदन गरेको थियो। सर्वोच्चले अधिकारी र यनुका बुढाथोकीको हकमा उच्चको फैसला उल्ट्याउँदै सफाइ दिएको हो। मुद्दाका प्रतिवादीमध्ये सहकारी सञ्चालक सुवासचन्द्र बिसीको शव मुड्खु जंगलमा भेटिएको थियो। त्यसपछि उनकी पत्नी धनमाया श्रेष्ठलाई प्रतिवादी बनाइएको थियो। सर्वोच्चले मृतकको हकमा कैद मिनाहा भए पनि बिगो तिर्नुपर्ने आदेश गरेको छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल