Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टोपबहादुर रायमाझीलाई थुनामै रहने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

टोपबहादुरका छोरासँग ३० लाख धरौटी माग
उच्च अदालत पाटनले पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसँग ३० लाख धरौटी माग गरेको छ । उच्च अदालत पाटनले शुक्रबार सुनुवाई सकेर दिएको आदेशमा सन्दीपसँग ३० लाख धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालतका प्रवक्ता तिर्थ भट्टराईले जानकारी दिए । सन्दीप नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।