Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्य

काठमाडौं । अछामको मेल्लेख गाउँपालिका ७ स्थित नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ। मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिए। मृत्यु हुने सबै पुरुष छन्। उनीहरुको नाम खुलेको छैन। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।