Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्याक्सीको शत्रु पठाओ सक्रिय

काठमाडौं । यातायत माफीयाहरुको सेन्डीकेटलाई कानूनी रुपमा कानूनी रुपमा तोडे पनि व्यवहारिक रुपमा तोड्न नसकेको सरकारले यातायातको क्षेत्रमा ट्याक्सीको दादागिरी आएको पठाओ नेपालमाथि प्रहार गर्ने क्रम बढेको छ । यात्रुले भनेको ठाँउमा पर्याउने पठाओका मोटरसाइकल, स्कूटरहरुले ठग्न सक्दैनन् । तर ट्याक्सी मिटरमा चल्न मान्दैनन् ।
ट्राफिकलाई टेर्दैनन् । अहिले पठाओ नेपाल विरुद्ध ट्याक्सीहरु संस्थागत रुपमा लागेपछि पठाओले आफ्नो सेवा प्राविधिक कारणले रोकिएको बताएको छ । उसले छिट्टै सेवा सुचारु गर्ने दाबी गरेको छ ।  मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले समस्या भएकोले बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताएका छन् । पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या पनि सुधारको चरणमा रहेको उनले दाबी गरेका छन् ।
मोटरसाइकल राइडर यात्रु बोकेर जाने र फर्कने बाटो देखाउने प्रणाली राउटिङमा देखिएको समस्या अहिले अपडेट भइरहेको उनको भनाइ छ ।अरु कुनै कारणबाट सेवा नरोकिएको भन्दै उनले ग्राहकमा पर्न गएको असुविधाप्रति पठोओ दुःखी रहेको बताए । पठाओ राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु हुने गरी ट्राफिक प्रहरीले राइडरहरुलाई कम्पनीको ज्याकेट र ट्राउजर प्रोटेक्टिभ गेयर लगाउन बन्देज लगाएको थियो ।