Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रकको ठक्करबाट असईको मृत्यु

जनकपुरधाम । धनुषामा ट्रकको ठक्करबाट नेपाल प्रहरीका सहायक निरीक्षक असइको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको मिथिला नगरपालिका–१० लालगढस्थित मोडेल अस्पताल अगाडिको सडक खण्डमा प्रहरी सहायक निरीक्षक सवार रहेको मोटरसाइकलमा ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको छ । उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए । आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव फेला परेको थियो । शव शङ्कास्पद देखिएपछि खोजतालस गर्दै जाँदा जनकपुरबाट बर्दिवासतर्फ जाँदै गरेको प्रहरी सहायक निरीक्षक चढेको लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको स ८ प ३९३६ नम्बरको ट्रकले ठक्कर दिएको खुलेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिएका छन् ।

ठक्कर दिई तत्काल घटनास्थलबाट फरार भएका ट्रकलाई सुनसरीको इनरुवा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ । मृतक महोत्तरीको बलवा नगरपालिका धमौरा निवासी रहेको बुझिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।


सम्बन्धित समाचार