Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रफिक प्रहरी प्रमुखका बडीगार्ड र चालकलाई कोरोना

कामठाडौं । कोरोना कहरले राजधानीलाई ग्रस्त बनाइरहँदा अग्र मोर्चामा खटिएका सुरक्षाकर्मी धमाधम संक्रमित भइरहेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत सयौं प्रहरीका संक्रमण देखिएपछि ट्राफिक प्रहरी कार्यालय रामसाहपथमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएपछि सो कार्यालय पनि सिल गरिएको छ । सो कार्यालयका प्रमुख भीम ढकालका सवारी चालक र बडी गार्डलाई समेत कोरोना देखिएपछि हिजो उपचारका लागि भक्तपुर लगिएको छ । ढकाल आफैं पनि कार्यालयकै क्वारेन्टाइनमा बसेका छन् । विभिन्न ट्राफिक कार्यालयहरुमा ३१२ जना ट्राफिक प्रहरीहरु ब्यारेकभित्रै क्वारेन्टाइनमा बसेका छन् ।