Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकाले ५० प्रतिशत कर लगाएर भारतलाई दबाबमा राखेदेखि डोनाल्ड ट्रम्पले चारपटक गरेको टेलिफोन कल नरेन्द्र मोदीले रिसिभ नगरेको अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ ।
जर्मन पत्रिका फ्रान्कफर्टर अल्जेमाइन जेइटुङले प्रकाशित गरेको रिपोर्टलाई उदृत गर्दै हिन्दूस्तान टाइम्सले ट्रम्पसँग मोदीले टेलिफोनमा कुराकानी नगर्न नमानेको जनाएको छ ।रुसी कच्चा तेल खरिद गर्दा भारतीय सामानहरूमा थप २५ प्रतिशत कर लगाएपछि दुई देशबीचको व्यापार तनाव बढ्दै गएको छ ।
यसबीचमा प्रधानमन्त्री नरेन्द्र मोदीले हालैका केही सातामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चारवटा टेलिफोन कलहरू अस्वीकार गरेको रिपोर्टमा उल्लेख छ ।
जापानको निक्केई एसियाले प्रकाशित गरेको यस्तै रिपोर्टले अमेरिका र भारतबीचको सम्बन्ध द्रुत गतिमा बिग्रँदै गएकोतर्फ औंल्याएको छ । यद्यपि दुवै सरकारले पहिले आफ्नो साझेदारीलाई २१ औं शताब्दीको सबैभन्दा परिणामात्मक भनेका थिए।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल