Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पले भने कोरोना चाइनिज भाइरस

एजेरन्सी । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखे( चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययनलगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ। हामी पहिलाभन्दा झन् बलियो हुनेछौं। उनको यो ट्वीटबाट अमेरिकी नागरिक उनीमाथि कति आश्वस्त भए त थाहा छैन तर यसले चिनियाँलाई भने आक्रोशित बनाएको छ। महिनौंदेखि व्यापार युद्धमा रहेका विश्वका दुई शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरसबारे पनि आरोप(प्रत्यारोपमा छन्।
चिनियाँ अधिकारीहरूले कोभिड(१९ नाम दिइएको रोग अमेरिकी सेनाले मिलिटरी गेम्सको क्रममा वुहान ल्याएको आरोप लगाएका छन्। विदेश मन्त्रालयका प्रवक्तासहितका चिनियाँ अधिकारीहरूले अमेरिकी सैनिकले भाइरस ल्याएको भनेर छापिएका अनलाइन सामग्रीलाई ट्वीट गरेका छन्।
चिनियाँ राज्य संयन्त्र नै त्यस्ता कन्सपिरेसी थ्यौरीको प्रचारमा लागेपछि अमेरिकीले वासिङ्टनस्थित चिनियाँ राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको थियो। सोमबारमात्र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले एक चिनियाँ उच्च कूटनीतिज्ञलाई टेलिफोन गरेर चिनियाँ पक्षबाट भइरहेको प्रचारबारे आपत्ति जनाएका थिए। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश मामिला प्रमुख याङ जिएचीसँगको कुराकानीका क्रममा पोम्पेओले यो आरोप(प्रत्यारोपको बेला नभई सबै देश मिलेर महामारीविरूद्ध लड्ने समय हो भनेका थिए। तर यसअघि नै ट्रम्प प्रशासनका अधिकारीहरू र रिपब्लिकन सांसदहरूले कोरोना भाइरसलाई चिनियाँ भाइरस, वुहान भाइरस भनेका थिए। चिनियाँहरूले त्यसलाई रेसिस्ट प्रतिक्रिया भन्दै आपत्ति जनाएका थिए।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल