Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्प र जेलेन्स्कीको वार्ताले के निश्कर्ष निकाल्यो ?

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देश र रुसबीच जारी युद्ध अन्त्यका विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार फ्लोरिडामा भएको वार्तालाई ‘उत्कृष्ट’ र ‘सानदार’ भनेका छन्। बीबीसीका अनुसार जेलेन्स्कीले २० बुँदे शान्ति योजनामा ​​९० प्रतिशत सहमति भएको बताएका छन्। अर्कातिर ट्रम्पले युक्रेनको सुरक्षा ग्यारेन्टीको विषय लगभग ९५ प्रतिशत टुंगो लगाइएको बताएका छन्। यद्यपि उनले ‘एक वा दुई धेरै जटिल मुद्दा’ बाँकी रहेको पनि उल्लेख गरेका छन्। उनका अनुसार भूमि मुद्दा सबैभन्दा कठिन छ। ट्रम्पले डोनबासमा स्वतन्त्र व्यापार क्षेत्रको सम्झौता अझै नभएको पनि बताएका छन्। पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले युक्रेनको पुनर्निर्माणमा रुसको कुनै जिम्मेवारी हुनेछ कि छैन भनेर सोधेका थिए। जवाफमा ट्रम्पले भने, ‘रुसले मद्दत गर्नेछ। ऊ युक्रेन सफल होस् भन्ने चाहन्छ। उनले यस विषयमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन धेरै उदार रहेको दाबी गरे। उनले भने, यसमा धेरै कम मूल्यमा ऊर्जा, बिजुली र अन्य सामान आपूर्तिको विषय पनि छ। साथै ट्रम्पले यो पनि भने, ‘पुटिन किन युद्धविराममा सहमत भइरहेका छैनन् भने उनी लडाइँ रोकिएपछि फेरि सुरु नहोस् भन्ने चाहन्छन्। रुस युक्रेन युद्ध समाप्त हुन कति समय लाग्छ भनेर सोध्दा ट्रम्पले भने, केही हप्तामा समाप्त हुन सक्छ, तर यो नहुने सम्भावना पनि छ। उनले केही हप्तामा यो विषय कसरी अगाडि बढ्छ भन्ने कुरा थाहा हुने उनले बताए।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल