Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिक प्रहरीको कडा निगरानी

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ । होलीमा अवाञ्‍छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्‍याम अधिकारीले जानकारी दिएका छन् । मौकाको सदुपयोग गर्ने नाँउमा मोटरसाइकलमा ३ जना सम्म बसेर होली खेल्न हिड्ने मादक पदार्थ सेवन गर्नेहरुका निम्ति भने ट्राफिक प्रहरीको निगरानी हैरानीमा परिणत भएको छ । आज उपत्यका प्रहरी कार्यलयले ८ हजार प्रहरी परिचालन गरेको छ । ट्राफिक प्रहरीले सवारी साधनमा कडि कडाउ गरेको छ । होलीका कारण सार्वजानिक यातायात कम चलेका छन् । होलीमा अवाञ्छित गतिविधि नहोस र कोरोनाको सतर्कताका लागि पनि सवारी चेकजाँचमा कडाइ गरिएको हो ।


सम्बन्धित समाचार