Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुईलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।‘बिशेषगरी नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको छ ।’

एसएसपी भट्टराईले भने। यस्तै महाशाखाले मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न अनुरोध गरेको छ । उक्त तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले पाँचसयदेखि १५ सय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।


सम्बन्धित समाचार