Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्राफिक मुख्यालयमा देखियो कोरोना, कार्यालय सिल गर्ने तयारी

काठमाडौं । राजधानी काठमाडौंमा एक पछि अर्को गर्दै संक्रमण भयावह बन्दै गएको छ । एकपछि अर्को गर्दै सुरक्षाकर्मी संक्रमित देखिन थालेका छन् । प्रहरी प्रधान कार्यालयमा ७७ जना सुरक्षाकर्मीलाई कोरोना देखिएको छ भने ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पनि दुई जनामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय नै सिल गर्ने तयारी भएको एसएसपी भीम ढकालले बताएका छन् । संक्रमण उच्च गतिमा फैलिन थालेपछि प्रहरी प्रधान कार्यालयमा पनि केही शाखा सिल गरेर स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको छ । गृह मन्त्रालयले उपत्यका प्रवेश नाकाहरुलाई बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द गरेपछि सुरक्षा अंगकै कार्यालयहरुमा देखएको कोरोना महामारीले जनस्तरमा समेत आतंक सिर्जना नगर्ला भन्न सकिँदैन ।