Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।
जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
शुक्रवार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर कल्पनालाई थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो । काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई अस्पताल बस्ने सुविधा दिएका छन् । कल्पनालाई अल्का अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
पहुँच नभएका व्यक्तिहरू पक्राउ पर्दा प्रहरीले अस्पताल बस्ने सुविधा दिँदैन । अस्पतालमा पठाउँदा निश्चित प्रक्रिया पुरा गर्नुपर्ने कार्यविधि भएपनि कल्पनाको हकमा सो कार्यविधि लत्याइएको प्रहरी अधिकृत बताउँछन् । उनलाई अस्पताल राखिएको बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले अनभिज्ञता जनाए । उनले भने, अपराध महाशाखाले पक्राउ गरेको रहेछ, अस्पतालको कुरा म बुझ्छु ।
कल्पनाविरुद्ध गणेश ढकालले जाहेरी दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँको मुद्दा शाखाका अधिकृतहरूले आफूलाई फोन गरेर ‘किन झुटा मुद्दामा जाहेरी दिएको रु’ भनेर हप्काएको ढकालले रातोपाटीलाई बताए ।
२०८१ फाल्गुन १८
ताजा नेपाल
२०८१ फाल्गुन १८
ताजा नेपाल
२०८१ फाल्गुन १८
ताजा नेपाल