Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी गर्ने मेडिकल कलेजलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठगी गरेका शूल्क फिर्ता गर्नुको विकल्प नहुने बताए। सरकारलाई छक्काएर गोप्य ढंगले लिएको पैसा ठगी हो। फिर्ता गर्नुपर्छ। योभन्दा अरू कुरा हुँदैन, राष्ट्रिय युवा संघको एकता भेलालाई सम्बोधन गर्दै आइतबार काठमाडौंमा प्रधानमन्त्रीले भने, ठगी गरेको पैसा मेडिकल कलेजले फिर्ता गर्नुपर्छ भनेर स्पष्ट भनेका छौं। मेडिकल कलेजले विद्यार्थीलाई रगत तान्ने भाँडो बनाएको प्रधानमन्त्रीको भनाइ छ।
विद्यार्थी मान्छे, मेडिकल कलेज लामखुट्टे जस्तै, प्रधानमन्त्रीले भने, मेडिकल कलेजले विद्यार्थीलाई रगत तान्ने भाँडो बनाउन भएन। उनले मेडिकल कलेज सञ्चालकहरूले शुल्क बृद्धि नगरे चलाउन नसक्ने भने पनि नाफा कमाइराखेको बताए। भर्खरै खुलेका मेडिकल कलेजले नाफा कमाइसके, उनले भने, मूल्य बृद्धि भएअनुसार शुल्क पनि बढाइएकै छ।