Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(६ बस्ने दोलखा घर भएका ४० बर्षीय पेम्बा दोर्जे शेर्पालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको फैसलाले १ वर्ष कैद र नगद ११ लाख रुपैयाँ जरिवाना भई फरार रहेका शेर्पालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो ।
शेर्पालाई काठमाडौं जिल्ला अदालत मार्फत मंगलबार कारागार कार्यालय डिल्लीबजारमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।