Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात आक्रमण गर्ने विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस अस्कलका पूर्वस्ववियु सभापति कमल जोशी छन् । बिहीबार राति जोशीसहितको समूहले प्रहरी हवल्दार जगुलाल घर्ति र जवान नगेन्द्रराज विष्टमाथि ठमेलको छाया सेन्टर अगाडि आक्रमण गरेको थियो । घाइते प्रहरीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । नयाँ बानेश्वरबाट पक्राउ परेका जोशी विरुद्ध अभद्र व्यवहार मुद्दा चल्ने भएको छ । उनको समूहले गरेको आक्रमणबाट वरिष्ठ हवल्दार जगुलाल घर्तिको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ । प्रहरी प्रतिवेदनका आधारमा अभद्र व्यवहार मुद्दा चल्ने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । सोही घटनामा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका– ५ का २२ वर्षीय रमेश फुलारा अहिले प्रहरी हिरासतमा छन् ।
२०८१ फाल्गुन ७
ताजा नेपाल
२०८१ फाल्गुन ७
ताजा नेपाल
२०८१ फाल्गुन ७
ताजा नेपाल