Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला र झैझगडा गरेको आरोपमा चार जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक २६ गते राति करिब ११ः१५ बजे काठमाडौं महानगरपालिका–२६ स्थित ठमेलको ‘फायर चोक’ अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
सडकमा मदिरा सेवन गरी आपसमा होहल्ला तथा झैझगडा गरिरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले चारै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा २७ वर्षीय ए हाओ, ३३ वर्षीय ए गुई, ३५ वर्षीय सियाओ ले र २९ वर्षीया योङ सोय रहेका छन् । उनीहरूको राहदानी नम्बर भने खुलाइएको छैन ।
मदिरा सेवन गरी सार्वजनिक स्थानमा अशान्ति फैलाएको घटनाबारे प्रहरी वृत्त लैनचौरले थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
२०८३ कार्तिक ३०
ताजा नेपाल
२०८३ कार्तिक ३०
ताजा नेपाल
२०८३ कार्तिक ३०
ताजा नेपाल