Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूलाको सिन्डीकेटमा साना खुत्रुक्कै

कामठाडौं । ठूला दुई दल एमाले र काँग्रेसले सरकारलाई दुईतिहाई मत प्राप्त भएपछि साना दलहरूमाथि थ्रेसहोल्डको पासो थापोर संघियता, समावेशीता र गणतन्त्रको मर्ममाथि प्रहार गर्ने संकेत गरेका छन् । एमाले महासचिव शंकर पोखरेलको दुई दलीय प्रतिस्पर्धा नै मुलुकमाथि शान्ति र स्थिरताको सूचक हुने बताएपछि आतंक सिर्जना भएको राजनीतिमा अहिले नेका–एमाले मनपरी चल्दैछ । मुलुकलाई दाताकै अगाडि लज्जित बनाएको ठूल्ठूला भ्रष्टाचारमा काँग्रेस, एमालेका नेता नै सहभागी छन् । भ्रष्टाचार आफैं गर्ने र महंगी चम्काउने प्रवृत्तिको शिकार गणतन्त्र र संघीयता भएको छ । जातजातिमाथिको प्रहार गर्न २ दलीय सिन्डीकेटको अभियान चलाइएको जातिवादीहरूले गरेका छन् । जबजाति, समावेशीको नाममा पार्टीका नेता निकटकै बन्दो बस्त गराउने चलन झन् बढ्दैछ । समानुपातिक सांसदमा काँग्रेसबाट डा. आरजु राणा महिलाबाट, विमलेन्द्र निधि मधेशीबाट, डा. प्रकाशशरण महत क्षेत्री क्लष्टरमा छानिनु नै पार्टी समर्थक तल्लो वर्गमाथिको शोषण हो ।
एमालेमा त्यस्ता धेरै छन् । यहाँ केपी शर्मालाई बा नाता लगाएर स्वार्थ पूरा गर्ने भन्ने लडाइँ चर्को छ । माओवादीमा त अध्यक्ष प्रचण्डकै सन्तान र भाइभतिजाको ठाउँ पूरा भएपछि मात्र पाएका सुरेश आले जस्ताले पाउने देव गुरुङ लाइनमा छन् । माओवादीको जनयुद्ध धनयुद्धमा परिणत भएको धेरै भयो । डा. बाबुराम भट्टराई, मोहन वैद्यको पतन नेत्रविक्रम चन्दको उल्का, हुरी अहिले एकाएक मौलाएको छ । चन्द पनि टुक्रा टुक्रा भएका छन् । चन्दसँग धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओलीको विभाजन र वैद्यसँगको एकता र फेरि विभाजन आजको दुई दलीय हर्कतको हो । ठूला दलहरूले आफ्नो औकात देखाएका छन् । सरकारको बनावट अपवित्र छ । विश्वमा ठूला दुई शक्तिबीचको सत्ता एकतालाई निरंकुशताकै रूपमा लिइन्छ, समावेशीता र संघीयतामा जातजातिको पहिचान जोडिन्छ । नेपाललाई विदेशीको उक्साहटमा खेलाउने बौद्धिक वर्ग ठूलो छ । जसले जासुसी समेत गर्छ । काँग्रेस र एमालेमा जासुसहरू धेरै छन् । डलरको खेती गर्ने जात जातका बीचमा मनमुटाव बढाउने खुदखोरहरू त्यहाँ छ । माओवादीमा अत्यन्त जातिवादीका रूपमा देव गुरुङ, सुरेश आले चिनिन्छन् । तर फाइदा तिनै लिन्छन् । पार्टी सरकारमा छ कालो बजार हटेन, महंगी हटेन, तै पनि सरकारले सहकारी ठग, मिटर ब्याज पीडित, सार्वजनिक जमिन फिर्ता, भुटानी शरणार्थी पीडित गिरिबन्धु वाला मन्दिर काण्डको छानविन गर्न थाल्दा एमाले काँग्रेसमा सत्ता एकता भयो । जसको नक्कली भुटानी प्रकरण गिरिबन्धु, बालुवाटार काण्ड, वाइडबडी जस्ता विषयमा एकता छ । एमाले एक्लै ओम्नी, हुकाम, थामसेर्कु, सेक्युरिटी प्रेस, वाइडबडी भुक्तानी जस्ता काण्डमा सक्रिय थियो । अहिले विद्युत प्राधिकरणलाई डुबाउने डेडिकेट फिडर र ट्रक लाइनबाट विद्युत लिएर भुक्तानी नगर्ने व्यापारीको पक्षमा प्रधानमन्त्री र अर्थमन्त्री छन् । यिनीहरूको लुटमा काँग्रेस कतै साक्षी कतै सहभागी छ । देशलाई चुस्ने आफू बन्ने योजना भएका दुई दलको सिन्डीकेट अन्तर्गत यो सरकार बनेको हो । जनताको निम्ति ओली सरकार होइन भन्ने कुरा उसले गरेको रु ८ अर्ब २६ करोड मिनाह काफी छ । जबकि अ‍ोली सरकार बन्नासाथ इन्धनको मूल्य बढ्यो । २५ केजीको चामल २२ सयबाट २५ सय भयो । ३५० को धारा तेल ४५० भयो भने उद्योग चलाएर बिजुलीको भुक्तानी नगर्ने ठग व्यापारीकै पक्षमा प्रधानमन्त्री देखिए । इन्धनको स्वचालित मूल्यका आधारमा तलमाथि नगर्ने आयल निगम नाफामा छ । त्यसको जनताप्रतिको दायित्व छैन । जबकि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री एमाले अध्यक्ष एवं प्रम केपी ओलीका खजाञ्ची दामोदर भण्डारी छन् । सरकारले बजार हस्तक्षप गर्न सकेन । किनकि सिमेन्ट र डण्डी व्यापारीले विद्युत महसलु तिर्नैनन् । ती सबै एमाले समर्थक छन् । खाद्य व्यापारी एमालेकै खुद्रा व्यापारी एमालेकै छन् । पार्टीलाई चन्दा तिनै दिन्छन् । जनता तिनले लुट्छन् । ठूला बजेटमा नेता लुट्छन् । काँग्रेस, एमालेको गठबन्धनले पूर्णता पाएकै छ ।


सम्बन्धित समाचार