Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूलालाई नछोउ कुर्सी हल्लिन्छ ?

अपराध ठूलाले गर्ने, राज्यश्रोत ठूलाले झ्याम पार्ने तर कारबाही गर्ने मुखिया, खरदार, सुब्बासम्मलाई हुने चलन अब गए । काँग्रेस साँच्चै काँग्रेस बनेर देखिने हो भने चर्को बोल्ने गगन थापाको बाख्रा काण्ड पनि कुनै दिन छानविनमा पर्छ । त्यो बखत प्रधानमन्त्री प्रचण्डले पुत्री गंगा दाहालको ओठ ढाके जस्तै गगनको पक्षमा बोल्ने मान्छे हुँदैन किनकि स्वार्थी समाजमा बलेको आगो तापिन्छ खरानी खोतल्न कसैले चाहँदैन । सरकारमा काँग्रेस जस्तो देश चुस्ने शक्ति साथ लिएर जनताको हितमा काम गर्न सकिँदैन भन्ने थाहा छ । तर गठबन्धन बनाउनै पर्ने भएको छ । पुष्पकमल दाहाललाई अन्तिम पटक प्रम बन्नु थियो । उनले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति शेरबहादुर देउवालाई एक समयमा लतारे । तर देश र जनताको हितमा त्यो चलाखी सफल भएको मानिँदैन । वर्तमान सत्ता प्रचण्ड र उनको गुटको स्वार्थमा छ । हिजो केपी र उनकै गुटको स्वार्थमा थियो । देशको सम्पत्ति माफियालाई सुम्पने केपी ओली र जनताको शोषण गरेर देशका नागरिकलाई भुटानी बनाउने बालकृष्ण एकै चरणका एकै कोटीका होइनन् । पदमा पुगेपछि लुते पनि सिंह बन्छ भन्ने कुरा दलहरूको भ्रष्ट चरित्र र दलाल मुखी स्वाभावले पुष्टि गर्छ । व्यापारीलाई सांसद बनाउने करको दायरा खुम्च्याउने ठेकेदारलाई मन्त्री बनाउने उसैबाट समयमा कामको प्रतिफल खोज्ने भनेको चोरलाई ढुकुटीको साँचो दिएजस्तै हो, सज्जनले ठाउँ पाउँदैन गुण्डा चोर र भ्रष्टले कुम्ल्याएको पनि नेतालाई उसैले पैसा खुवाउँछ, संसदको टिकट लिन्छ, ह्लारक्याल लामा जस्ता बदनाम पात्रले नियुक्त पाउँछन् र प्रचण्डका घरवेटीलाई ९० वर्षको लागि लुम्बिनी रामग्राम (वुद्धको अस्तु धातु स्थल) सुम्पेर त्यहाँ होटल व्यवसाय गर्न स्वीकृत पाउँछन् । कानुनी राजभएको देश थियो भने शारदाप्रसाद जस्ता जेलमा कोचिन्थे । तीनले राष्ट्रलाई गरेको ठगी अनुसार हो प्रचण्डले यस्तै यस्तै गर्नुपर्छ किनकि उनको अन्तिम मौका हो भन्ने कुरा उनैलाई थाहा छ । किनकि माओवादी जनहितकारी भन्दा अपराधी करणतिर लागेको छ । यसको पुष्टि महरापुत्रको जेल बसाई पूर्व उपराष्ट्रपति पुत्रको बैङ्कक बसाई काफी छन् । गर्ने यस्तै हो । आफैं राजनीतिक रुपमा छाडा नैतिक रुपमा पतन भएकाहरूबाट यिनैलाई मालिक बन्ने वातावरण बनाउन अरु लाग्छन् भन्ने सोचिएको छ भने त्यो गम्भीर भूल हो । किनकि भ्रष्टाचारीहरूले प्रयोग गर्ने यस्तैलाई हो । कम्बल ओडेर घिउ खानेहरू कम्युनिष्ट हुँदै होइनन् । यी ठालूहरू कानुन भन्दा माथि छन् । त्यसमा चौधरी मात्र होइनन् अग्रवाल, दुगड, सिरोहिया, संघाईहरू पर्छन् । जो देशका आदिवासी होइनन् भारतबाट लोटा लिएर भित्रिएकाहरूका पौरखी सन्तान हुन् ।