Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूलाे संख्यामा खुल्यो सहसचिव र उपसचिवका लागि विज्ञापन (सूचनासहित)

काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवारसूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव पदका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ ।

जसमध्ये निजामती तर्फ बढुवा दुई सय ६६ र खुल्ला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ । संसदतर्फ १६ बढुवा र दुई खुल्लामा गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ । त्यसैगरी सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा विज्ञापन भएको छ ।

जसमध्ये निजामती तर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुल्ला गरी ७४ पदमा विज्ञापन भएको छ । निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् । आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिने छ ।


सम्बन्धित समाचार