Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूला मान्छेले मुख सम्हाल्नु पर्दैन ?

काठमाडौं । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर राष्ट्रियताको सवालमा सबै दलको भावना बुझेर आफ्नो पार्टीको परिचय दिएका नेकाँ सभापति शेरबहादुर देउवाले आफ्नै हैसियत जनताकाबीच सार्वजनिक गरेका छन् । देश भारतीय थिचोमिचोविरुद्ध एकाकार भइरहँदा काँग्रेसको सभापति समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै स्वीकृतिमा भारतले लिपुलेक, टिंकर, लिम्पियाधुरा आफ्नो नक्सामा राखेको आरोप लगाएर आफ्नो हैसियत सार्वजनिक गरेका हुन् । देउवाको बोली यसरी नै चुक्दा अफताव आलम काण्डमा विज्ञप्ति निकाल्नु परेको थियो ।

तत्कालिन नेकपा एमालेको साथ लिएर काँग्रेस, राप्रपा, सद्भावना पार्टीको दुई तिहाई बहुमतबाट महाकाली सन्धि गरिएको थियो । महाकाली नदीलाई सीमा नदीका रूपमा लिइँदा महाकालीको शिर टिंकर, लिपुलेक, लिम्पियाधुरामा रहेको भारतीय सेनाको शिविर हटाउन देउवाको टोलीले भारतसँग कहिल्यै दोहोरो संवाद गरेन । नत सन्धिमा भएको पानी बाँडफाँडको अडान लियो नत भारतले बनाउने भनेको एफ्लस बण्ड निर्माण ग¥यो । अहिले देउवा दोब्रिनुको कारण आफ्नै पार्टीका बहुसंख्यक नेता तथा कार्यकर्ता भारतीय दबाव र थिचोमिचोविरुद्ध संगठित हुनुहो । भारतीय दलालहरू अमरेशकुमार सिंह र देवेन्द्रराज कँडेल चीनको विरुद्धमा संसदीय समितिमा कुर्लेका छन् ।

काँग्रेसको १४औं महाधिवेशनमा यिनीहरूलाई पराजित गर्ने सशक्त टिमको आवश्यकता काँग्रेसमा छ । शेरबहादुर खुस्किँदै जानुको कारण भारत विरोधी मतदाता आकर्षित गरेर उपचुनावमा पार्टीको पक्षमा मत प्राप्त हुने अपेक्षा गरेको भए त्यो कल्पना मात्र हुनेछ । राष्ट्रवादी छाप छाडेर ओलीले चुनाव जितेर मुलुकको प्रधानमन्त्री भए ।

अहिले त्यो राष्ट्रवाद लम्पसारवादमा परिणत भएको छ । पोखरामा आयोजित चुनावी सभामा देउवा बोल्दै थिए । सीमा सम्बन्धी राष्ट्रिय सहमति जुटाएको सरकारले भारतलाई आफ्नो असहमति पत्र पठाएको पनि छ । कुटनीतिक तहबाट गर्नु पर्ने छलफलका लागि नेपालले प्रस्ताव गरिसकेको छ । परराष्ट्र मन्त्रालयले चालेको कदममा सर्वदलीय बैठकको सन्देश पनि छ । तर काँग्रेसका सभापति शेरबहादुर देउवाले वास्तविकता तोडेर जे बोले त्यसले उनको हैसियत कति छ जनताले समेत छर्लङ्गसँग जानकारी लिन सकेका छन् । कृष्ण सिटौला कोइली चरित्रका छन् । डा. शेखर कोइरालाले सभापतिले गलत बोले भनेका छन् ।

रामचन्द्र पौडेल देउवाको यस्तो बोलीले भारतसँगको सम्बन्ध बिग्रिन्छ भन्ने चिन्तनमा छन् । सभापतिको नाताले बोलेका देउवालाई कुन तत्वले उकास्यो र प्रधानमन्त्री ओलीलाई सराप्न तल्लो तहमा ओर्लिए शंका सबैतिर उठेको छ । विद्यार्थी, युवा, महिला, किसान, बुद्धिजीवी, राजनीतिक क्षेत्रले हरेक दिन सडकमा देशको झण्डा लिएर राष्ट्रियताको सम्बद्र्धनका नारा लगाएको देउवाको नजरले थाहा पाएको छैन । यो देश काँग्रेसकै कुबुद्धिले तहसनहस भएको छ । देशका उद्योग, कलकारखाना काँग्रेसले कौडीको मूल्यमा बेचेको छ । निजीकरणको नाममा उद्योग बेचेर युवा बेरोजगार बढाउने डा. रामशरण महत, महेश आचार्यहरू शेरबहादुर विरुद्ध खेमामा छन् । आफैंभित्र गुट–उपगुटले असफल सभापतिको परिचय बनाएका शेरबहादुर कहाँ के बोल्छन् त्यसको असर पार्टीमा के पर्छ पत्तो नपाउनु भनेको राजनीतिमा फकिर हुनु हो ।


सम्बन्धित समाचार