Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूलो परिणामको लागूऔषध पक्राउ

काठमाडौं । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ट्रकभित्र १४ वटा पोकामा रहेको ७८ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित ना।६ ख १३१ नम्बरको ट्रक चालक पर्सा वीरगंज महानगरपालिका(२९ बस्ने ३५ वर्षीय अफ्रिका चौधरीलाईप्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उक्त ट्रकमा जाँच गर्ने क्रममा प्रहरीलाई अभद्र व्यवहार गरी भागेपछि प्रहरीले पिछा गर्दै पेस्तोलबाट गोली फायर गरी ट्रक चालक चौधरीलाई पक्राउ गरेको हो । खुट्टामा गोली लागी घाइते भएका ट्रक चालक चौधरीको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई जना प्रहरी कर्मचारी समेत सामान्य घाइते भएका छन् । ट्रकका सहचालक रौतहट गरुडा नगरपालिका-४ बस्ने २० वर्षीय विवेक चौधरी हाल फरार भएकोले प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ डेरा गरी बस्ने मोरङ सुन्दर हरैचा नगरपालिका-६ का ४९ वर्षीय तिर्थकुमार तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय ८० मिलिग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ बाट दाङ तुल्सिपुर नगरपालिका(६ राजापुर बस्ने १८ वर्षीय प्रदिप वलीलाई ६ ग्राम लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले रुपैडिहाबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
बझाङ, बुङगल नगरपालिका-२ सुङरबगरबाट अवैध लागूऔषध चरेश करिब ४ दशमलव ५ किलो सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय जयबहादुर धामी, सोही ठाउँ बस्ने ३७ वर्षीय पदम जाग्री र २२ वर्षीय अजयबहादुर धामी रहेका छन् । तीनै जनाको साथमा करिब १।५र१।५ किलो गरी उक्त परिणामको लागूऔषध सहित फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।