Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठेक्का टुक्याउँदै हाकिमहरू डकार्दै

काठमाडौं । बहुप्रचारित मेलम्चीका नाममा दाताले गरेको ऋणाको खर्चलाई मनपरी गर्दा निर्माण ठेकेदारले काम छाडेको पीडा राजधानीवासीले पानीको हाहाकार सहनु परेको छ । सडक बिग्रनु, बिग्रेको सडक समयमा मर्मत नहुनुमा मेलम्ची नै जोडिन्छ । यही बेला चिनको सहयोगमा कलंकी चावहिलसम्मको सडकमा परेका पानीका पाइप पुरानो विस्थापित गर्ने नयाँ जडान गर्ने गरी चक्रपथ सडक सुधार आयोजनाले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई उपलब्ध गराएको रु. २५ करोड खर्च गर्न महाराजगज्ज शाखा र महाकांल चौर शाखाले कानुन विपरित अग्रसरता देखाएका छन् ।

समाचार सूत्रकाअनुसार त्यो रकममध्ये महाराजगञ्जले १६ करोड महाकाल शाखाले रु ९ करोड खर्च गर्ने भएका छन् । तर काम गराउन निर्माण कम्पनीबीचमा प्रतिस्पर्धा गरी तोकिएको मापदण्ड पूरा गरेर कम रकम कबोल गरेको कम्पनीलाई दिनु पर्ने ठेक्काको शुरुवातमै शाखा प्रमुख रमेश केसी र उमेश मरहठ्ठाले कैफियत गरेका छन् । महाराजगञ्जले कामको क्षेत्र पिसपिस गरी टुक्य्राएर रु ६० लाख भन्दा तलको अंक देखाउँदै ३० टुक्रामा १६ टुक्राको हिमालय टाइम्स दैनिकमा महिना दिन अगाडि सूचना निकाल्यो । १६ पिसको जानकारी सार्वजनिक ग¥यो । बाँकी १४ टुक्रा आफ्ना मान्छेलाई ठेक्का दिलाउन सूचना गोप्य राखियो । बाहिर फ्ल्यास गरेन । महाराजगञ्ज शाखाका प्रमुख केसीले गरेको कैफियत यही हो । ठेक्कापट्टामा सार्वजनिक खरिद ऐन जोडिन्छ । त्यो ऐनको पावन्दीबाट बच्न ठेक्का टुक्रा गर्नु कर्मचारीको आम्दानी त हुँदै हो सूचना लुकाएर १४ टुक्रामा प्रतिस्पर्धा नगराउनुनै यहाँ आर्थिक अपराध मानिन्छ ।

कामभन्दा धेरै राजनीति हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा महाप्रबन्धक मिलन शाक्य छन् । संस्थालाई टाट पारेर इञ्जिनियरिङ कलेजमै फर्केका महेश भट्टराईलाई शुरुमा बोक्ने आफ्नो स्वार्थ पूरा नभएपछि विरोध गर्ने ठूलठूला राजनीतिज्ञ अहिले पनि केयुकेएलमै छन् । महाराजगञ्जले जस्तै आर्थिक ऐनविपरित महाकाल शाखाले १८ टुक्रामध्ये ६ टुक्राको मात्र सार्वजनिक सूचना जारी गर्दा हिमालय टाइम्स जस्तो बजारमा कमजोर दैनिकलाई प्रयोग ग¥यो । १२ टुक्रा गोप्य राखेर कार्यालय प्रमुख उमेश मरहठ्ठाले आफ्नो स्वार्थका ठेकेदारालई काम दिने चोचोमोचो मिलाएका छन् । यसरी सूचना लुकाएर प्रतिस्पर्धा बिना काम दिएबापत रु ८/८ लाख हाकिमहरूले खल्तीमा हालेका छन् । यस्ता ठेक्काहरू टुक्य्राउनु नै भ्रष्टाचारको प्रक्रिया शुरु हुनु हो । अख्तियार, सार्वजनिक खरिद ऐन, राष्ट्रिय सतर्कता केन्द्रले यहाँ हात हाले भने चक्रपथ सुधार आयोजनाको काम फेरि ढिलाई हुन्छ ।

सरकारले कलंकी चावहिल सडक खण्ड विस्तार गर्न चिनियाँ ठेकेदारलाई सहजीकरण गर्न त्यो क्षेत्रका खानेपानी पाइप सार्ने विद्युत् पोल, टेलिफोनका तार हटाउनु पर्छ । ठेकेदार आइसक्यो, नेपाल तर्फबाट चक्रपथका दायाँबायाँका रुख बल्ल काट्न थालिएको छ । चीन सरकारको सहयोगमा चक्रपथको आकार बढाईको हो कलंकी कोटेश्वर जस्तै चक्रपथ बन्दा महाराजगञ्ज चोक वरपर घर भत्कने निश्चित छ । लिमिटेडको वार्षिक कार्यक्रममा सुधारका थुप्रै कार्यक्रम घोषणा गरेकी खानेपानी मन्त्री बिना मगनरलाई महाराजगञ्ज र महाकाल चौर शाखाबाट हुन शुरु गरेको यो भ्रष्टाचार प्रकरण कसले बताइदेला ?

१९ वर्ष बित्दा पनि मेलम्ची आएन
४२ करोड लिटर पानी दैनिक आवश्यक पर्ने काठमाडौं उपत्यकालाई केयुकेएलले १४ करोड लिटर पानी उपलब्ध गराएर पाइप मर्मत र चुहावटको काममा ढिलासुस्ती गर्दै आएको छ । १८ वर्ष अगाडि मेलम्ची शुरु भो । ९० प्रतिशत काम सम्पन्न भए पनि पानीको हाहाकार मेट्ने समय निर्धारित भएको छैन, जनसंख्याको अनुपातमा मेलम्ची आउँदा पनि ३१ लाखलाई पानी पुग्छ ११ लाखका लागि फेरि चाल उस्तै । पानीको नाममा धेरै धनी भए । मेलम्चीले १ लाख २७ हजार नयाँ धारा थप्ने छ । मेलम्चीको नाममा खानेपानी संस्थानलाई टुक्रा टुक्रा बनाइयो । अहिले पाइप विस्तारको काम उपआयोजना २ ले गरिरहेको छ ।

आयोजनाले १९२९ किमी पाइप विस्तार गरेको छ । यही ठाउँमा बसेर अर्ब कमाएका लुटाहा तिरेश खत्रीलाई मेलम्ची आयोजनामा लगिएकोछ । शुरुमा अनुगमन गरिएको ३१ अर्ब ७० करोडबाट रकम बढेर ५३ अर्ब ८० करोड पुगेको छ । शुरुको अनुमानभन्दा यो २२ अर्ब १० करोड बढी हो । जबकि काम शुरु गर्दा रु ४६ अर्ब ४० करोडमा आयोजना सम्पन्न हुने विश्वास थियो । काम नहुने, प्रोजेक्ट प्रमुख फेरिने, मेरिएसन अर्डर विपरित काम गरेर कुम्ल्याउने बहादुरहरू धेरै छन् । अहिले भोजविक्रम थापा उपआयोजना प्रमुख भएर आएका छन् ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल