Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डडेलधुरा होइन सिंगापुर उडे शेरबहादुर देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावको मुखमा सिंगापुर गएका छन्। स्वास्थ्य उपचारको लागि भन्दै देउवा बुधबार राति सिंगापुर प्रस्थान गरेका उनको सचिवालयले जनाएको छ। बुधबार राति ११ः३० बजे सिंगापुर एयरलाइन्सको उडानबाट देउवा सिंगापुर गएका हुन्। पार्टी नेतृत्वमा गगन थापा आएपछि देउवा पार्टी राजनीतिमा पूर्णरूपमा निष्क्रिय छन्। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनीमाथि बुढानिलकण्ठस्थित निवासमै कुटपिट भएको थियो। त्यतिबेला पनि उनले सिंगापुरमै उपचार गराएका थिए।देउवाको गृहजिल्ला डडेल्धुराबाट यसपटक कांग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। तर, देउवाले यसपटक आफ्ना उम्मेदवारलाई मत माग्नेतर्फ पनि चासो देखाएका छैनन्। उनी मतदान गर्न पनि जान्छन्, जाँदैनन् ठेगान छैन।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल