Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डब्लूएचओले किन दियो यस्तो चेतावनी

एजेन्सी । कोरोना विरुद्धको अभियानमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण अफ्रिकामा एक वर्षमा तीन देखि चार करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएको छ । कोरोना संक्रमणका कारण अफ्रिकामा ८३ हजारदेखि एक लाख ९० मानिसको एक वर्षमा ज्यान जाने आशंका पनि डब्लूएचओले गरेको छ । अफ्रिका महादेशका विभिन्न देशमा ६० हजार ५ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको अफ्रिका न्यूजले जनाएको छ । जसमध्ये २ हजार २ सय २१ जनाको ज्यान गएको छ भने २० हजार ८ सय जना निको भएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट अफ्रिकामा ५३ देश प्रभावित भएका छन् । अफ्रिकी महादेशको एक मात्र देश लेसोथो भने अहिलेसम्म कोरोना संक्रमणबाट बच्न सफल भएको छ । त्यहाँ कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको अफ्रिका न्यूजले जनाएको छ । अफ्रिकी महादेशमा सबैभन्दा बढी दक्षिण अफ्रिका प्रभावित भएको छ जहाँ ९ हजार ४ सय २० केस देखिएका छन् ।


सम्बन्धित समाचार